site stats
बाह्रखरी :: Baahrakhari
देश
अदालतबाट धरौटीमा छुटेका केशव तुलाधर पुनः पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा यही असार २८ गते पक्राउ परी आइतबार जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।

ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर आइतबार १५ लाख धरौटीमा छुटेका थिए, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता देखिएपछि हामीले पक्राउ गरेका छौँ ।”

पक्राउ परेका तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमै राखिएको र सोमबार (आज) केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आवश्यक अनुसन्धानका लागि बुझाइने प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका भन्दै यही असार २८ गते निजलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले राजधानीको सानो भर्याङबाट पक्राउ गरेको थियो । रासस

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्