site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दोषीलाई कारबाही गर्दा माननीयहरू खुसी हुनुपर्ने हो : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले भ्रटाचारका विषयमा छानबिन गरिरहेको भन्दै टाउको नदु्खाउन आग्रह गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले कसैको अनुहार नहेरी कारबाही गर्न आग्रह गरे ।

“कसैको अनुहार हेर्न जरुरी छैन । सरकार अघि बढोस् । बाँकी रहेका उठेका कतिपय प्रश्नहरुको बारेमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेर्ने होइन्,” उनले भने, “ उसको काम, तरिका, शैली, गल्तीलाई हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अघि बढ्न अनुरोध गर्दछु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सुन प्रकरणमा दिउँसै रात पार्न खोजिएकालाई कारबाही गर्दा गृहमन्त्री र अर्थमन्त्रीमाथि कुरा उठाइएको दाबी गरे ।

“सरकारको जिम्मेवारी सम्हालिरहनु भएका गृहमन्त्री र अर्थमन्त्रीका विषयमा पनि केही कुरा उठे । सरकारलाई बधाई पनि दिन चाहन्छु । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो बनाइँदै छ,” उनले भने ।

उनले सम्पत्ति शुद्धीकरणलगायतका विषयमा पनि छानबिन हुनुपर्ने बताए । सरकारले केही विषय उठाउन खोज्दा चिच्याएर नरोक्न आग्रह गरे ।

“सरकारले केही विषय उठाउन खोज्दा चिच्याएर, असहमति प्रकट गरेर, विरोध गरे । यस्ता क्रियाकलापलाई राज्यको तर्फबाट छानबिन गर्ने प्रक्रियामा अघि बढाउनुपर्ने कुरालाई रोक्छौँ भने कुन प्रकारको प्रत्याभूति नागरिकलाई दिन चाहन्छौँ,” उनले सोधे ।

सरकारले गर्न खोजेको कामलाई समर्थन गर्न आग्रह गरे । उनले आफैं रहेको जिल्लामा सहकारीले ठगी गरेको भन्दै घटानामा सहभागी दोषीलाई कारबाही गनुपर्ने बताए ।

“ठूला साना मान्छे होइन, दोषीलाई कारबाही गर्दा माननीयहरु खुसी हुनुपर्ने हो नि । सरकारको यो प्रयत्नलाई सलाम भन्न चाहन्छु,” उनले भने ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्