site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा कांग्रेस–एमाले मिल्नुपर्छ : हिक्मत कार्की 

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँको संकटबाट बाहिर निस्कन नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्नुपर्नेमा जोड दिएका छन् । कोसी प्रदेशमा सरकार निर्माणमै संकट आएको भन्दै उनले त्यसको निराकरणका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताए ।

“कांग्रेस र एमाले मिलेर मुलुकुको राजनीतिक संकमण जस्तो अवस्था छ, अन्योलको अवस्था छ, यसबाट बाहिर निकाल्न सक्नुपर्छ,” कार्कीले भने, “तर, कांग्रेस तत्काल मिलेर अघि जाने अवस्थामा देखिएको छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेसले प्रदेश सभामुखलाई राजीनामा दिन लगाएर अमर्यादित रूपमा सत्ता लिन खोजेको उनको आरोप छ । उनले धेरैपछि चेतेर मात्र कांग्रेस एमालेसँग मिल्न आउने बताए । एमालेले उपसभामुखलाई राजीनामा गराएर अमर्यादित काम नगर्ने उनको भनाइ छ ।

“कांग्रेस हिजो असंवैधानिक रूपमा सभामुखलाई हस्ताक्षर गराएर सरकारमा गयो, आज सभामुखलाई राजीनामा गराएर सरकारमा जाँन खोज्दै छ । तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस छैन,” उनले भने, “केही समयपछि सच्चिएर कांग्रेस एमालेसँगसँगै अघि बढ्ने अवस्था बन्छ । एमालेले त्यो काम गर्छ ।”

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्