site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षा विधेयकको विरोधमा निजी विद्यालय आन्दोलनमा, १ भदौदेखि पठनपाठन नै बन्द गर्ने चेतावनी

काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन, २०८० को विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन् । प्याब्सन, एन प्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलनमार्फत बुधबारदेखि नै आन्दोलनका कार्यक्रम सुरु गर्ने र भदौ १ गतेदेखि निजी विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका हुन् । 

बुधबार सरोकारवाला र मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, बिहीबार मस्यौदाको विरोध प्रदर्शन गर्ने, शुक्रबार सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने तथा भदौ १ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने जनाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले विधेयक मस्यौदा आफूहरूसँग छलफल नै नगरी एकलौटी रूपमा तयार पारी संसद्सम्म पुर्‍याउन लागेको, मस्यौदामा समावेश विषयहरूले निजी लगाानीमा सञ्चालित शैक्षिक संस्थाहरूलाई निरुत्साहित गरेको उनीहरूको आरोप छ । 

"निजी विद्यालयहरूको मर्म र योगदानलाई प्रतिकूल असर पर्ने यस्ता विधेयकहरू समयमा नै संशोधन गरी निजी लगानीको संरक्षण संवर्धनको सुनिश्चिचतता हुने लिखित प्रतिबद्धता सरकारको तर्फबाट जारी नभएमा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने छौँ । यसबाट उत्पन्न हुने जुनसुकै परिणामको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने छ," उनीहरूको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्