site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहित यी जिल्लाका नदीमा बहाव बढ्न सक्ने
धोबीखोला । फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश सानाठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सर्लाही, सप्तरी, मकवानपुर काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, तनहुँ, लमजुङ, गोरखा, कास्की, पाल्पा, स्याङ्जा, म्याग्दी, पर्वत, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, जुम्ला, बझाङ र दार्चुला भई बहने केही साना नदीमा बहाव बढ्न सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने महाशाखाको पूर्वानुमान छ ।

adfmg-1693712184.jpg

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्