site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितानिवास जग्गा प्रकरण : थुनछेक बहस जारी रहने 

काठमाडौं । ललितानिवास जग्गा किर्ते मुद्दामा प्रतिवादीका तर्फबाट बहस आज पनि जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबारदेखि थुनछेक बहस जारी छ । 

ललितानिवास जग्गा किर्ते मुद्दामा पक्राउ परेका १८ जना थुनामा छन् । भदौ ११ देखि १५ गतेसम्म उनीहरूको बयान लिइएको थियो । त्यसपछि सरकारी वकिलले बहस सुरु गरेका थिए । सोमबारदेखि प्रतिवादीतर्फको बहस सुरु भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लामो अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालय काठमाडौंले भदौ १० गते सरकारी छाप किर्तेमा मुद्दा चलाएको थियो । 

ललितानिवास जग्गा प्रकरणमा मृत्यु भइसकेका २१ सहित ३१० जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्येका शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, वेदप्रकाश पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरेलाई सीआईबीको टोलीले पक्राउ गरी थुनामा राखेको थियो । उनीहरू अझै थुनामा छन् ।

ललितानिवास प्रकरणमा गुरुङका वकिलको बहस : किर्ते मीनबहादुरले होइन राज्यले गरेको हो

सीआईबीले संगठित अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले भने किर्तेमा मात्र मुद्दा चलाएको थियो । किर्ते आरोपमा प्रहरीले २५ दिन मात्र थुनामा राखेर अनुसन्धान गर्न पाउँछ ।

सो प्रकरणमा २८९ जनालाई मुख्य प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भइसकेका २१ जनालाई पनि प्रतिवादी बनाएको छ । त्यसमा ललितानिवासस्थित जग्गाका तत्कालीन मालिक सुवर्णशमशेरको परिवारका सदस्यहरू पनि छन् । पक्राउ परेका १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्