site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली नोटसहित एक पक्राउ
प्रतीकात्मक तस्बिर।

काठमाडौं । नेपाल प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार काठमाडौं महानगरपालिकाको स्वयम्भूबाट एक हजार दरका १०० थान नक्कली नेपाली नोटसहित गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौँ नागार्जुन नगरपालिकास्थित भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेको हो । थापाको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले थापालाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।

आजै प्रहरीले एकजनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ । सर्लाही ईश्वरपुर नगरपालिका–१ बस्ने ३० वर्षीय अन्सारूल अन्सारी आज बिहान नागढुङ्गाबाट पक्राउ परेका हुन् ।

अन्सारीको साथबाट अवैध लागुऔषध फेनारगन १४२ एम्पुल, बुप्रेनुर्फिन १४७ एम्पुल, डाइजेपाम १३७ एम्पुल र नाइट्राभेट एक हजार ५०० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा प्र ०३–००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार अन्सारीलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  २२:५९
प्रतिक्रिया दिनुहोस्