site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रदीप खड्काले कसलाई लक्षित गर्दै लेखे ‘स्टाटस’ ?

काठमाडौं । अभिनेता प्रदीप खड्काले कानुनी राज्यको माग गरेका छन् । आत्मरक्षाको लागि गरेको हत्या पनि जघन्य अपराध नहुन सक्छ भन्दै उनले जानाजानी र नियमित नराम्रो अभ्यास पक्कै कानुन र अख्तियारको दुरुपयोगको विषय हुने उनको भनाइ छ । 

“विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मनपर्न छाड्यो भन्ने, विवाहपछि सुहागरात मात्र भ’को हो मलाई मनपरेन, अचानक चित्त बुझ्न छाड्यो । दुलही फिर्ता लगेर यो नाककान मिलायर ल्याउनु हैन भने दुलही लानुस् म विस्तारै दाइजो (कानुनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै,” प्रदीप सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “बुढाले छोडेकी भनेर दाग लगाइदिएपछि आफूले जितेको सम्झेर रमाउन त सक्लाऊ, एकातिर उन्नत समाजले सामान्य मानेर दुलही स्वीकार्न पनि समस्या नहोला तर दुलहीलाई खोट लगाएर लखटेपछि उनलाई विवाहको इच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदीपले एक दिन होस् वा एक दशक कानुनी होस् वा सामाजिक, विवाह जे सुकै भए पनि दुलहीले माग्ने आधा अंश हो, कानुनले दिलाउने पनि त्यही नै भएको बताएका छन् । “५/७ ओटी दुलही सोझा परेर मजाले पेलियो भन्दैमा सबै एकै नहोलान् । यो पटकको अलि गाह्रो खाल्की छे भन्ने बुझ्न पर्ने,” उनी लेख्छन् । 

प्रदीपले लामो स्टाटस लेखे पनि कसैको नाम भने स्पष्ट लेखेका छैनन् । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्