site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सचिवलाई माधव सापकोटाले भने– एउटा बाइक लिएर पाँचखालसम्म पठाउनुपर्‍यो
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काभ्रेको धुलिखेलदेखि पाँचखालसम्मको सडकको स्तरोन्नति नहुँदा जनताले सास्ती भोगिरहेको बताएका छन् ।

बुधबार पूर्वाधार विकास समितिको बैठकमा उनले गौरी पार्वती आयोजनका कारण बाटो नबनेको र जनताले सास्ती भोगेको भन्दै कारबाहीको माग गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सचिवज्यू मेरो ध्यानाकर्षण छ, धुलिखेलदेखि पाँचखाल जाने बाटोको प्रोजेक्ट हेर्ने को हुनुहुन्छ मेरो आग्रह एउटा मोटरसाइकल लिएर पाँचखालसम्म पठाउनुपर्‍यो । जनताले कस्तो सास्ती भोगेका छन्, त्यसपछि अनुभूति हुन्छ । सिरियस भएर भन्दै छु,” उनले भने । 

उनले आयोजना सम्पन्न नगर्नेलाई कुन पावर सेन्टरले कारबाही गर्न रोक्यो भन्दै प्रश्न गरे ।

“सर, हाँसिरहनुभएको छ । नहास्नुहोस् निकै गम्भीर कुरा हो । मेरो कुरा सिरियस छ, किन कारबाही नगरेको ?,” उनले भने, “गौरी पार्वतीलाई कारबाही गर्न कुन पावर सेन्टरले रोक्यो ?”

उनले समयमा ठेक्का पूरा नगर्ने कति ठेकेदार कम्पनी कारबाहीको दायरमा आए त्यसको सूची सार्वजनिक गर्न पनि आग्रह गरे ।

बुधबार समितिले भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल गरेको थियो । छलफलमा सापकोटाले देशभर आयोजना पूरा नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने माग राखे । 

सांसद सापकोटाले सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने धारणा पनि राखे ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्