site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले सरकारलाई भन्यो– इजरायलमा रहेका नेपालीलाई यथासम्भव स्वदेश फर्काऊ
शेरबहादुर देउवा । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई यथासम्भव स्वदेश फर्काउन माग गरेको छ ।

कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, “इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवनरक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजरायमा भएको आक्रमणमा परी करिब एक दर्जन घाइते र आक्रमणकारीबाट केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

“यस घटनाको भर्त्सना गर्दै गहिरो चिन्ता प्रकट गर्दछ,” सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन (आईओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि कांग्रेसले आग्रह गरेको छ ।

प्यालेस्टाइनी विद्रोही समूह हमासले शनिबार गरेको आक्रमणबाट इजरायलमा ठूलो जनधनको क्षति भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्