site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनताको साझा दुःखमा एकैठाउँमा उभिने दलहरूको निष्कर्ष
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूले जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।

आज साँझ सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सत्तापक्ष र प्रतिपक्ष भन्ने नभइ जनताको पक्षमा उभिने निष्कर्ष निकालेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

“सम्माननीय प्रधानमन्त्रीज्यूले इजरायल घटनाबारे सिंहदरबारमा बोलाएको संसदमा रहेका दलहरूको सर्वदलीय बैठक सकिएको छ,” मल्लले फेसबुकमा लेखेका छन्, “दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने दलहरूको निष्कर्ष रहेकोे छ ।”

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्