site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भविष्य अन्धकार देखेर एमालेसँग कांग्रेस र माओवादी आत्तिए : केपी ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आत्तिएको दाबी गरेका छन् । 

बुधबार जनकपुरमा मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले कांग्रेस माओवादीले आफ्नो भविष्य अन्धकार देखेर आत्तिएको दाबी गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कांग्रेस हामीसँग आत्तिएको किन ? एमालेले काम गर्न नसकेर हो र ? आफ्नो भविष्य अन्धकार देख्न थालेर । माओवादी किन आत्तियो ? आफ्नो भविष्य अन्धकार देखेर,” ओलीले भने । 

उनले कांग्रेस र माअ‍ोवादी नसच्चिए भविष्य सुनिश्चित नभएको ठोकुवा पनि गरे ।  

“तपाईंहरू सच्चिनुहुन्न एमालेको विरोध गरेर मात्रै तपाईंहरूको सुनिश्चित भविष्य छैन,” ओलीले भने, “सच्चिनुहुन्न भने तपाईंहरूको भविष्य अन्धकारमा जाने नै भयो ।”

उनले एमालेले मौका पाउँदा देशलाई विकासको बाटोमा हिँडाउन सक्षम रहेको बताए । 

“एमालेको विरोध किन ? असक्षम, काम गर्न नसकेर होइन । एमाले शसक्त छ । योग्य छ । काम गर्न सक्छ,” उनले भने, “मौका पाउँदा देशलाई विकासको बाटोमा लान सक्छ ।”

ओलीले आफूले सरकारको नेतृत्व गरेका बेलाको कामको फेहरिस्त सुनाए ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्