site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक 

काठमाडौं । चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा आम नागरिकले कसरी आफ्नै देशमा मुठ्ठीभर भ्रष्ट व्यक्तिहरुबाट शोषित भइरहनु परेको छ भन्ने विषय समोवश छ । र, उसले गर्ने संघर्ष ट्रेलरमा देखिन्छ ।

मेयर संलग्न म्यानपावरले लगाइदिएको गलत भिषाका कारण आफू विदेश जान नपाएको थाहा पाएपछि ती पात्रले गर्ने संघर्ष र परिवर्तन सिनेमाको मुख्य कथा हो । यसैक्रममा समाज र राजनीतिसँग जोडिएका विभिन्न पात्रलाई ट्रेलरमा देखाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिनेमा आर्टस ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडालगायतको अभिनय छ । 

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भूमिकामा छन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित छ । चलचित्र तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदै छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्