site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोट भूकम्पबाट रुकुमको आठविसकोटमा १‍‍० जनाको मृत्यु

काठमाडौं । जाजरकोट भूकम्पबाट रुकुमको आठविसकोट नगरपालिकामा १‍‍० जनाको मृत्यु भएको छ । वडा नम्बर ११ का सातजना र वडा नम्बर १२ का तीजनाको मृत्यु पुष्टि भएको नगरपालिका उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन् ।

"१० जनाको मृत्यु भयो । घाइतेहरू पनि धेरै छन् । नगर अस्पतालमा केहीको उपचार भइरहेको छ । अझै ल्याउने क्रम जारी छ," उनले भनिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०१:४१
प्रतिक्रिया दिनुहोस्