site stats
बाह्रखरी :: Baahrakhari
खेल
टी–२० विश्वकपमा छनोट हुन सफल टिमलाई ५० लाख रुपैयाँ दिने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपमा छनोट हुन सफल टिमलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ ।

आज बसेको संघको केन्द्रीय कार्य समितिको बैठकले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने विश्वकपमा छनोट हुन सफल टिमलाई ५० लाख रुपैयाँ नगदबाट सम्मान गर्ने निर्णय गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले पुरुषतर्फ एसीसी यू–१९ प्रिमियर कपबाट सन् २०२४ मा हुने यू–१९ एसिया कपमा छनोट हुन सफल टिमलाई पनि नगदबाट सम्मान गर्ने निर्णय गरेको छ । यू–१९ टिमका खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने छन्  ।

बैठकले नेपाली महिला टिमलाई हङकङमा हुने महिला ट्वान्टी–२० शृङ्खलामा सहभागी गराउने निर्णय गरेको छ । हङकङमा नोभेम्बर १५ देखि १९ सम्म हुने शृङ्खलामा चार टिम सहभागी हुने क्यानले जनाएको छ । 

यस्तै, क्यानले जाजरकोट भूकम्पबाट पीडितहरूको उद्धारका लागि सहयोगस्वरूप रकम उपलब्ध गराउने निर्णय पनि पारित गरेको छ । यसअघि क्यानले जाजरकोट भूकम्पबाट पीडितहरूको उद्धारका लागि आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा उठेको टिकट रकममध्ये ५० प्रतिशत दिने जनाएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्