site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा संगठित लुटपाटमा संलग्न पाँचजना कारागार चलान  

विराटनगर । मोरङका विभिन्न स्थानमा विशेष अभियान संचालन गरी प्रहरीले लुटपाट गर्ने गिरोहका व्यक्तिहरूलाई पक्राउ गरेको छ । 

गत भदौको तेस्रो सातासम्म अभियान संचालन गरी प्रहरीले जिल्लाका विभिन्न स्थानहरूमा पेस्तोल, रड, लाठी लगायतका हातहतियार देखाइ कुटपिट गरी श्रंखलाबद्ध रूपमा लुटपाट गर्ने गिरोहलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीले घरमा लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल एक थान, प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल एक थान, मोबाइल १६ थान, मेमोरीकार्ड १२ थान बरामद गरेको छ ।  

त्यस्तै, नेपाली नगद एक लाख ७५ हजार २७५ रुपैयाँ, भारतीय नगद ११ हजार ६०० र मोटरसाइकल दुई थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।  

डाँका चोरी र संगठित अपराध मुद्दामा जिल्ला अदालत मोरङको आदेशबाट मोरङ बुढीगंगा गाउँपालिका–५ बस्ने २४ वर्षीय मनजरूल मियाँ, वडा नम्बर ४ मा बस्ने ४० वर्षीय रिजवान मियाँ, सुनसरीको दुहवी नगरपालिका–१ बस्ने ३१ वर्षीय मोहमद अलि मुरताजा मियाँ, ३० वर्षीय नजरूल मियाँ र दुहवी नगरपालिका–६ बस्ने ४० वर्षीय मो. आलम पुर्पक्षको लागि कारागार चलान भएका छन् । 

आपराधिक कार्यमा सहयोग गर्ने मोबाइल पसल संचालक ३० वर्षीय सिजाम आलम एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्