site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ : देउवा
फाइल तस्बिर ।

रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता–कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन् ।

कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले प्रदेश सम्मेलन पार्टी बलियो बनाउने अभियान भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“कांग्रेसको प्रदेश सम्मेलनले पार्टीलाई बलियो बनाउँछ, आन्तरिक लोकतन्त्र बलियो बनाउँछ,” उनले भने, “पार्टीलाई एक बनाउन लाग्नुस्, मेरो आग्रह छ । पार्टी बलियो भए मात्र हामी सबै सबल हुन्छौँ ।”

सभापति देउवाले बुद्ध जन्मेको ठाउँबाट पार्टीलाई थप बलियो बनाउने सन्देश दिनुपर्नेमा पनि जोड दिँदै भने, “बुद्ध जन्मेको ठाउँमा छौँ, यही भूमिबाट कांग्रेसलाई बलियो बनाउने संकल्प गरौँ ।” रासस

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्