site stats
बाह्रखरी :: Baahrakhari
देश
बसले ठक्कर दिँदा महिलाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५, कुवामा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँकी ७० वर्षीय कान्छीमाया घलान छिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंबाट चखेलतर्फ जाँदै गरेको बा२ख ७२७२ नम्बरको बसमा यात्रा गरी गएकी घलान उक्त बसबाट झर्ने क्रममा शनिबार टायरले ठक्कर दिँदा घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा बी एण्ड बी अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्