site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : देव गुरुङ
फाइल तस्बिर ।

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन् ।

प्रेस सेन्टरद्वारा बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने अवस्था होइन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले जनताका समस्या बुझ्न आफ्नो पार्टीले विशेष रूपान्तरण अभियान सुरु गरेको बताए । “जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ,” उनले भने, “यसै अभियानअन्तर्गत पार्टीका नेता–कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।”

सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको उनले बताए । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्