site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रम पैदा गर्ने राजनीतिक दल दिगो हुँदैन : अर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षणभरमा महत्त्वाकांक्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री महतले भने, "यो हामीले बुझिराखौँ, भ्रम पैदा गर्ने राजनीति दल दिगो हुँदैन ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अप्ठ्यारो पर्दा निरन्तर लागिरहने र धैर्यता भएको राजनीतिक दल नेपाली कांग्रेस हो भनेर आम नागरिकलाई बुझाउनुपर्ने उनले बताए ।

उनले भने, "सामाजिक सञ्जालको जमाना छ, केही मानिसलाई गालीगलोज गर्न लगाउनुहोस् त्यसबाट केही हुनेवाला छैन । केही गर्नका लागि धैर्यता, जाँगर र इमान्दारिता चाहिन्छ । त्यो नेपाली कांग्रेसमा मात्र छ ।"

एनसेलबारे सरकारले छानबिन समिति बनाएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्