site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पर्यटनमन्त्रीलाई सांसदले दिए चेतावनी
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई सांसद धवलशमशेर राणाले चेतावनी दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले मन्त्री किरातीको विवादास्पद अभिव्यक्तिको ‘रियाक्सन’ ठूलो हुने बताए ।

समिति सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री समेत रहेका राणाले विवादास्पद अभिव्यक्तिका कारण निम्तने स्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यस (विवादास्पद अभिव्यक्ति)को रियाक्सन ठूलो हुन्छ,” उनले बैठकमा भने, “यसको जिम्मेवार तपाईं सरकार हुनुपर्छ ।”

बुधबार मन्त्री किरातीले किस्चियन धर्मका विषयमा दिएको अभिव्यक्तिप्रति विभिन्न टीकाटिप्पणी भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्