site stats
बाह्रखरी :: Baahrakhari
देश
सन्दीपले नाजुक आर्थिक अवस्थाको फाइदा उठाए : अदालत 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नाजुक आर्थिक अवस्थाको फाइदा उठाउँदै गौशाला २६ (छ) माथि बलात्कार गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको छ । 

शुक्रबार अदालतले लामिछानेविरुद्धको मुद्दाको फैसला गर्दै सन्दीपले नाजुक आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६(छ) को नाजुक समेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकोले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९, (१) (२) (३) ‘ङ’ बमोजिमको कसुर गरेको ठहर्छ । सोसहित संहिताको दफा २१९ ३ (घ) बमोजिम कसुर कायम गरी सजाय गरिपाउँ भन्ने कसुर दाबी सो हदसम्म पुग्न सक्दैन,” काठमाडौं जिल्ला अदालतको फैसलामा उल्लेख छ । 

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सातदेखि १० वर्षसम्म सजाय हुने उल्लेख छ ।

sandeep2-1703858510.jpg

sandeep-1703858510.jpg

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्