site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजतन्त्र दरबार हत्याकाण्डकै बेला सकियो, तमासा देखायो त्यसले : ओली
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको बहस असान्दर्भिक भएको बताएका छन् । सोमबार मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले राजतन्त्र दरबार हत्याकाण्डका बेलामा नै सकिएको बताए ।

“राजतन्त्रको बहस अब नेपालमा आवश्यकै छैन, किनभने यो सिद्धिसक्यो । दरबार हत्याकाण्डकै बेला सिद्धिएको हो । हामीले त्यति बेला पर्याप्त, उपयुक्त कदम नचाल्ने कमजोरीले अलिक दिन एउटा डमी राजतन्त्र चल्यो,” ओलीले भने, “तमासा देखायो त्यसले, अनि हटाउनुपर्‍यो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘अहिले नेतालाई जेलमा हालेर शासन गर्ने राजा ल्याउन खोजेको ? भन्दै उनले प्रश्न गरे । “कस्तो राजा ल्याउन खोजेको ? यी दलहरूले गरेनन्, यी दलहरूलाई जेलमा हालेर चलाउने एकदम तानासाहको राजा बनाउन खोजेको ?,” उनको प्रश्न छ ।

उनले ‘सेरेमोनियल’ त राष्ट्रपति रामचन्द्र पौडेल नै रहेको बताए । “संवैधानिक, सेरेमोनियल यस्तो राजा बनाउन खोज्या ? सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त । अनि, के गर्छ त राजाले ? गद्दीमा बसेर केही गर्ने त होइन,” ओलीले भने ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्