site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा निर्वाचनबारे कांग्रेस र माओवादीका शीर्ष नेताबीच छलफल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरूबीच राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पहिलो चरणमा गठबन्धनका दुई दलबीच राष्ट्रियसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको र त्यसपछि गठबन्धनका अन्य दलसँग पनि छलफल हुने उनले बताए ।

कार्यक्रममा कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक लेखक र माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू सहभागी थिए । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । रासस

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्