site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
काठमाडौं आएलगत्तै भारतीय विदेशमन्त्रीले भने– उत्साहित छु 

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । दुईदिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार बिहान काठमाडौं आइपुगेलगत्तै उनले यस्तो बताएका हुन् ।

“सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका निम्ति उत्साहित छु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन काठमाडौं आएका हुन् ।

बिहीबार दिउँसो १ बजे होटेल याक एन्ड यतीमा नेपाल–भारत संयुक्त आयोगको बैठक बस्दै छ । 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्