site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रदीप खड्काको प्रश्न– चलचित्रलाई पर्यटन मन्त्रालयअन्तर्गत नराखेर सञ्चारमा किन राखियो ? 

काठमाडौं । अभिनेता प्रदीप खड्काले चलचित्र क्षेत्रलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राख्नु आफैँमा आश्चर्यजनक भएको बताएका छन् । 

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)ले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदीपले चलचित्रलाई प्रचारको साधनका रूपमा मात्रै लिन नहुने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“चलचित्र क्षेत्रलाई किन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत राखिएन भन्ने मेरो जिज्ञासा छ,” प्रदीपले भने, “यसको अर्थ सायद सरकारले चलचित्रलाई प्रोपगन्डाको साधन मात्रै सम्झियो । त्यसैले सरकारले चलचित्र क्षेत्रलाई सहयोग नगरेको हुनसक्छ ।” 

चलचित्रमा साहित्यका सबै विधा समेटिने भन्दै यसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत राखिनु पर्नेमा उनको जोड छ । देशको पहिचान र संस्कृतिसँग जोडिएको संगीत, कथा, अभिनयजस्ता साहित्यका विभिन्न विधा समेटिएको चलचित्रलाई सञ्चार मन्त्रालयअन्तर्गत राख्न नहुने उनको धारणा छ । 

चलचित्र पर्यटन प्रवर्द्धनको राम्रो माध्यम भएको भन्दै पर्यटन मन्त्रालय मातहतमा राखिए सरकारले चलचित्र क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नसक्ने उनको भनाइ छ । नेपाल फिल्मको सुटिङ हब बन्नसक्ने भन्दै उनले यसतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिए । विश्वका थुप्रै सिनेमा नेपालमा छायांकनका लागि सरकारी नीति झन्झटिलो रहेकाले सेट बनाएर आफ्नै देशमा सुटिङ भइरहेको प्रसंग उल्लेख गरे । 

प्रदीपले भने, “नेपाललाई चलचित्र पर्यटनको हब बनाउन सकिन्छ । यसका लागि चलचित्रलाई पर्यटन मन्त्रालयअन्तर्गत राखिनुपर्छ ।”

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्