site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यकर्ताले नेता होइन पार्टी बोक्ने हो, नभए पार्टी सकिन्छ : शंकर पोखरेल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धादिङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक दलका कार्यकर्तामा सिंगो पार्टीलाई भन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटी बढेसँगै दलहरूमा फुटको अवस्था सिर्जना भएको धारणा राखेका छन् ।

एमाले धादिङको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना भएको बताए । कार्यकर्ताले पार्टी नबोक्ने तर नेतामात्र बोक्दा पार्टी सकिने उनको भनाइ छ ।

“कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्नुपर्छ, त्यसपछि मात्रै पार्टी मजबुत बन्ने छ,” उनले भने, “नेताहरूले आफूलाई धुरी ठान्नुहुन्न, पार्टीलाई धुरी ठान्नुपर्छ, जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सकिएन भने मुलुकमा समस्या सिर्जना हुन्छ । राष्ट्र जोगाउने हो भने जनतालाई निराश हुनबाट जोगाउनुपर्छ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  २३:११
प्रतिक्रिया दिनुहोस्