site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । 

सोमबार बसेको राष्ट्रियसभाको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन । उनले विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या एक देखि २९ सम्मको संशोधनहरू सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

राष्ट्रियसभाको अर्को बैठक फागुन ६ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्