site stats
बाह्रखरी :: Baahrakhari
खेल
कप्तान रोहित भन्छन्– अन्तिम खेलमा उत्कृष्ट खेल्छौँ 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्सविरुद्धको खेलमा उत्कृष्ट खेलेर नतिजा हात पार्ने बताएका छन् ।

 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको तेस्रो खेलमा नामिबियासँगको दुई विकेटको हारपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दे कप्तान रोहितले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।

“मेरो भूमिकाले एकदमै निराशजनक भयो, म जिम्मेवारी लिन्छु । म शून्य रनमा आउट हुनु नै एउटा नराम्रो पक्ष थियो । सोचेजस्तो सुरुवात भयो । तर, पावर प्लेमा नै हामीले तीन विकेट गुमायौँ । त्यो क्षेत्र हेर्नुपर्ने जरुरी छ । त्यसपछि पनि एउटा पार्टनरसिप भयो, त्यसपछि मेरो, दिपी दाइको विकेट गयो । त्यसले गर्दा १७० भित्रै समेटियौँ । ब्याटिङ अर्डरलाई लिएर स्पष्ट छौँ । अन्तिम गेममा बेस्ट क्रिकेट खेल्ने छौँ,” रोहितले भने ।

यसअघि नेपालले लिग–२ को पहिलो खेलमा पनि नामिबियासँग नै चार विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँग पराजित भएको हो । 

नेपालले अब शृङ्खलाको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्