site stats
बाह्रखरी :: Baahrakhari
कला
माओवादी द्वन्द्वको कथा भन्ने चलचित्र ‘सिटामोल’को छायांकन सकियो  

काठमाडौं । चलचित्र ‘सिटामोल’को छायांकन सकिएको छ । राजबहादुर सानेको निर्देशनमा निर्माण भइरहेको चलचित्रको छायांकन २५ दिनमा सकिएको हो । चलचित्रको अधिकांश छायांकन सिन्धुलीमा गरिएको छ । 

छायांकन सकिएसँगै निर्माण पक्षले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्बिर समेत सार्वजनिक गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिनेमाले माओवादी जनयुद्धको कथा उठान गरेको छ । चलचित्रमा सौगात र बेनिशासँगै लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मालगायत कलाकारको अभिनय छ । 

चलचित्रको कथा निर्देशक स्वयंले लेखेका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्