site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समितिसँग बेखबर नहुन परराष्ट्रमन्त्रीलाई एमाले सांसदको ध्यानाकर्षण

काठमाडौं । नेकपा (एमाले)की सांसद सुनिता बरालले अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयका विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।

आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले सम्बन्धित विषयमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद समितिसँग बेखबर हुने गरेको भन्दै आलोचना गरिन् । उनले सूचनाको ‘ग्याप’ले समिति र सरकारकै जवाफदेहिता कमजोर हुने बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरू भएका सञ्चारमाध्यमबाट सुन्ने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिनु हुन अनुरोध गर्दछु,” उनले भनिन्, “सचिव पनि आउनुभएको छ, मन्त्रीज्यूलाई कम्तीमा हामीले समितिलाई प्रभावकारी बनाउन सके पदीय गरिमा पनि थप गर्विला बनाउन सक्छौँ । त्यो कुरा मनन गर्नुभए हुन्थ्यो ।”

राष्ट्रियता र राष्ट्रको स्वाभिमानका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्नेमा उनले जोड दिइन् । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्