site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले गत वर्ष दुई महिना मन्त्री बनेका आठमध्ये ६ जनालाई दोहोर्‍यायो  

काठमाडौं । नेकपा एमालेबाट मन्त्री हुनेमा गत वर्ष मन्त्री बनेका आठमध्ये ६ जना दोहोरिएका छन् । गतवर्ष पुस र माघमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएकामध्ये ६ जनालाई एमालले पुनः मन्त्री पदमा सिफारिस गरेको हो । 

गत वर्ष सरकारमा जाँदा ज्वालाकुमारी साह, कृषि तथा पशुपन्छी विकास, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण,  पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री, भगवती चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री बनेका थिए । उनीहरु सबै पुनः मन्त्रीमा सिफारिस भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसबेला उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका एमाले उपाध्यक्ष विष्णु पौडेल र परराष्ट्रमन्त्री बनेकी विमला राई मात्र यसपटक मन्त्रिपरिषदमा सिफारिस नभएका हुन् । 

राष्ट्रियसभाकी सदस्य रहेकी विमला राई पौड्याल भने राष्ट्रियसभाको कार्यकाल सकिएर बाहिरिसकेकी छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्