site stats
बाह्रखरी :: Baahrakhari
देश
विशेष अदालतका अध्यक्ष कुँवर भन्छन्– अब शुक्रबार 'फैसला लेखन डे'

काठमाडौं । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरले विशेष अदालतले पाँच दिन सुनुवाइ गर्ने र एक दिन फैसला लेखन गर्ने कार्ययोजना प्रस्तुत गरेका छन् ।

विशेष अदालतमा आफू गएको १०२ दिन पुगेको सन्दर्भमा पत्रकार सम्मेलन गरी उनले विशेष अदालतलाई कानुनले तोकेको हदम्यादभित्रै फैसला गर्ने प्रयोजनका लागि छिटो न्यायको अवधारणा सुरु गरेको जानकारी दिए । उनले शुक्रबार सुनुवाइ रोकेर 'फैसला लेखन डे'का रूपमा अभ्यास गर्न लागेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अध्यक्ष कुँवरले सर्वोच्चबाट स्वीकृति पाएपछि 'लाइभ स्ट्रिमिङ'को अभ्यास गर्ने पनि बताए । "सर्वोच्चबाट अप्रुभल आउँछ भन्ने विश्वास छ," उनले भने, "यसले न्यायाधीश, कानुन व्यवसायी सबैलाई पूर्ण अनुशासनमा राख्न सहयोग गर्ने अपेक्षा गरेका छौँ ।"

अहिले कर्मचारी अभावले सम्भव नभएको भन्दै उनले फैसला लेखन पनि कानुनको हदम्यादभित्रै सक्ने योजना रहेको बताए । कानुन अनुसार फैसला भएको २१ दिनभित्र फैसलाको पूर्ण पाठ दिइसक्नुपर्छ ।

उनले पुराना मुद्दाको फर्स्योट दर बढेकाले असार पछि हदम्यादभित्रै फैसलाको क्रम सुरु हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्