site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल टेलिकमका प्राविधिक अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड ६१ लाख बिगो दाबी 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले गैरकानुनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको ठहर गदै अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा सिटौलासँग एक करोड ६१ लाख २० हजार चार रुपैयाँ बिगो दाबी गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै हिमडुङ एन्ड थोकर कन्ट्रक्सन् कम्पनीमा समेत कार्य गरी व्यापार व्यवसाय गरेको उजुरी अख्तियारमा परेको थियो । 

उजुरीमा उनले सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनामा ठेक्का लिई प्रतिनिधिको रूपमा हस्ताक्षर समेत गरी भ्रष्टाचार गरेको उल्लेख थियो । उजुरी परेपछि अख्तियारले सिटौलामाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा नेपाल टेलिकमका प्राविधिक अधिकृत सिटौलाले कानुनी प्रावधानविपरीत नेपाल टेलिकमको विनास्वीकृति निजी कम्पनी हिमडुङ एन्ड थोकर कन्ट्रक्सन् कम्पनीको सेयर खरिद गरी संस्थापक सेयरधनी बनेको पाइएको अख्तियारले जनाएको छ । 

उनले कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९/७० देखि काम गरिरहेको, पारिश्रमिकवापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्टा समेतमा सामेल भई हिमडुङ एन्ड थोकर कन्ट्रक्सन् कम्पनीबाट ४५ लाख १७ हजार ५०० सय रुपैयाँ पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार ५०४ रुपैयाँ समेत गरी जम्मा एक करोड ६१ लाख २० हजार चार रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्