site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धनका नेताले जनता भुलाउने काम गरे : महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले गठबन्धनका नेताले जनता भुलाउने काम गरेको बताएका छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । “फाइदा लिइरहेकाहरूले अफ्ठ्यारो पार्लान् । हामीले फाइदा पाइरहेका थियौँ यो आएर सबै रोकिदियो भनेर सबै पावर सेन्टरमा पुुग्छन् । प्रधानमन्त्री कहाँ पुग्छन्, गठनबन्धनको नेता कहाँ पुग्छन्, उनले भने, “कतिलाई उत्तर दिनु ?” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्रीदेखि जिम्मेवार नेताहरूले पनि सत्यतथ्य नबुझी उल्टै मन्त्रीमाथि नै दबाब दिने गरेको उनले गुनासो गरे । “लौ यस्तो गर्नु भएछ, के गर्नु भयो तपाईं छ । बर्बादै गर्नु भयो कि क्या हो ? सबै आएर बसी खान नदिने भए,” उनले भने । 

उनले नेताको ध्यान जनतामुखी हुनुपर्ने बताए । साथै सोहीअनुसार आफूले आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता’ ल्याएको दाबी गरे । “अब हामीले खुसी पार्ने आमजनतालाई हो । सोही अनुसार बजेट ल्याउनुपर्छ । उनीहरूलाई खुसी पार्दा दलहरूले धेरै मत प्राप्त गर्ने होला नी । आफू नजिकका लागि खुसी पारेर जनमत बढ्ने हैन होला ?, उनले भने, “त्यसकारण यो प्राथमिकताको विषय आएका छन् । त्यो अन्तत महत्त्वपूर्ण छ ।”

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्