site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटार बैठकमा जुटेन सहमति, प्रमुख सचेतकसँग सभामुखको छलफल

काठमाडौं । सदन अवरोध खुलाउने विषयमा बालुवाटारमा बसेको शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।

सदन अवरोध खुलाउन बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक निष्कर्षविहीन भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभामुखको सचिवालयले दिएको जानकारीअनुसार सदन खुलाउने विषयमा सहमति जुट्न सकेन । सदन खुलाउने विषयमा सभामुखले अब दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

सहमति हुन नसक्दा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुचारु हुन सकेको छैन । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्