site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको चेतावनी– कार्यकक्षमा नभेटिए कारबाही हुन्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा कार्यकक्षमा नभेटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार मन्त्रालयले कर्मचारीहरूलाई पदीय मर्यादा, आचरण र अनुशासन एवं विधिको पालना गर्न निर्देशन दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"कार्यालय समयमा आफ्नो कार्यकक्षमा गैरउपस्थिति रहनु प्रचलित कानुन, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरू संयमित रही आ-आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधिको पालना गर्नहुन निर्देशन दिइएको छ," मन्त्रालयले भनेको छ ।

मन्त्रालयले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यालयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा नभेटिने गरेकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।

Swsthya-1713539710.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्