site stats
बाह्रखरी :: Baahrakhari
देश
कानुन निर्माणले पूर्णता पाएपछि सञ्चार क्षेत्रको पुनर्संरचना हुन्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने बताएकी छन् । बुधबार आयोजित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी अन्तरक्रियामा उनले सञ्चारसहितका क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउन सरकारले जोड दिएको जानकारी दिइन् । 

“मैले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व गरेको एक वर्ष पूरा भइसकेको छ,” उनले भनिन्, “यो बीचमा नेपालको आमसञ्चार क्षेत्रलाई व्यवस्थित केही सुधारात्मक काम पनि भएका छन् । तर, मुख्यगरी हामीले कानुन निर्माणमा जोड दिएका छौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले थालेको कानुन निर्माण प्रक्रियाले पूर्णता पाएपछि नेपालको आमसञ्चार क्षेत्रको पुनर्संरचना हुने विश्वास लिएको उनको भनाइ छ । मिडिया काउन्सिल विधेयक संघीय संसद्‍‌मा दर्ता भइसकेको भन्दै उनले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक मन्त्रिपरिषद्‌मा लैजाने तयारीमा रहेको जानकारी दिइन् । उनले विज्ञापन नीति लगायत अन्य नीति तथा कानुन परिमार्जनको क्रममा रहेको पनि बताइन् ।

सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित् आधा दर्जन जति कानुन निर्माणको प्रक्रियामा रहेको मन्त्री शर्माले जानकारी दिइन् । “विधेयक ल्याउनु मात्रै ठूलो कुरा होइन, विवादरहित बनाएर पारित गर्नुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ,” उनले भनिन्, “विगतमा यस्तै विधेयक आउँदा जुन-जुन क्षेत्रमा सरोकारवालाको विरोध आएको थियो, त्यसलाई सरोकारवालाकै सहमतिमा सच्याएर अघि बढाएका छौँ ।”
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्