site stats
बाह्रखरी :: Baahrakhari
देश
लुम्बिनीमा धेरै, गण्डकीमा कम जन्मदर
भैरहवाको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनसंख्या साक्षरता पुस्तक सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै कार्यालयले राष्ट्रिय जनगणना, २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचक सार्वजनिक गरेको हो ।

कार्यालयले सार्वजनिक गरेको विवरणानुसार, वाग्मती प्रदेशमा सबैभन्दा बढी ६१ लाख २० हजार जनसंख्या छ । दोस्रोमा मधेस प्रदेशको जनसंख्या ६१ लाख १० हजार छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लुम्बिनी प्रदेशमा ५१ लाख २० हजार, कोसी प्रदेशमा ४९ लाख ६० हजार, सुदूरपश्चिम प्रदेशमा २६ लाख ९० हजार, गण्डकी प्रदेशमा २४ लाख ७० हजार र कर्णाली प्रदेशमा १६ लाख ९० हजार जनसंख्या छ ।

efg-1714903573.jpg
लुम्बिनी प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर सबैभन्दा बढी १.२४ प्रतिशत छ । दोस्रोमा मधेस प्रदेशमा १.१९ प्रतिशत छ ।

वाग्मतीमा ०.९७, कोसीमा ०.८६, कर्णालीमा ०.७० र सुदूरपश्चिममा ०.५२ प्रतिशत छ । सबैभन्दा कम वार्षिक जन्मदर गण्डकीमा ०.२५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्