site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजमा आशा जगाउन सबै राजनीतिक दल एक हुनुपर्छ : महामन्त्री शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औंल्याएका हुन् । महामन्त्री शर्माले नेपाल कहिल्यै पराधीन नभए पनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको उल्लेख गर्दै ती भूभागलाई फिर्ता ल्याउने गरी आफूलाई बलियो बनाएर अघि बढ्न नेपालका राजनीतिक दलहरू सबै मिल्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेपाल इतिहासको सबैभन्दा सुन्दरघडीमा रहेको र नेताहरू जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्ने बताए । निराशाको नाम दिनेभन्दा त्यसलाई असन्तुष्टिको बाटोबाट सन्तुष्टिको खोजी, नयाँ सपनाको खोजीतर्फ लिएर जानुपर्ने उनको भनाइ थियो ।  

"नेपाल अहिले इतिहासको सबैभन्दा सुन्दर घडीमा छ । कुन दल सरकारमा छ, कुन दल ठूलो छ, सरकारको नेतृत्व कसले गरिरहेको छ ? ती विषय तत्कालीन विषय हुन् । तर नेपाल देश लामो संशस्त्र संघर्षबाट शान्तिमा अवतरण भएको छ । संविधानविद्बाट संविधान बनेको छ । एकात्मक राज्य प्रणालीबाट संघीय राज्यमा परिणत भएको छ । नागरिक पंक्तिमा अत्यन्तै चेतना छ । नेताहरू जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्छ," उनले भने । 

महामन्त्री शर्माले युवाहरूमा नयाँ आशा भर्ने काममा सबै राजनीतिक दलहरूले काम गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्