site stats
बाह्रखरी :: Baahrakhari
खेल
महिला विश्वकपको आयोजक चुन्न फिफाले मतदान गर्ने 

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकप आयोजनाका निम्ति मतदान गर्ने भएको छ । फिफा महिला विश्वकपका निम्ति दक्षिण अमेरिकी राष्ट्र ब्राजिलसँगै युरोपका बेल्जियम, जर्मनी र नेदरल्यान्ड्सले संयुक्त आयोजनाका लागि प्रस्ताव राखेका छन् । 

दुवै प्रस्तावले आयोजनाका निम्ति आवश्यक सबै मापदण्ड पूरा भए पनि प्राविधिक क्षेत्र, रंगशाला, आवास र समर्थक क्षेत्रमा भने ब्राजिलले उच्च अंक पाएको छ । यदि प्रतियोगिता ब्राजिलमा आयोजना भए यो दक्षिण अमेरिकामा आयोजना हुने पहिलो महिला विश्वकप समेत बन्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्वकपका निम्ति दुई प्रस्ताव आएपछि फिफाले आफूसम्बद्ध २११ देशका फुटबल एसोसियसनलाई बैंककमा मे १७ मा हुने ७४औँ फिफा कंग्रेसमा मतदान गर्ने भएको हो । यसअघि महिला विश्वकपका लागि अमेरिका, मेक्सिको र दक्षिण अफ्रिकाले समेत प्रस्ताव राखेका थिए ।

तर, गत हप्ता अमेरिका र मेक्सिकोले प्रस्ताव फिर्ता लिँदै सन् २०३१ को महिला विश्वकपमा आयोजनाको प्रस्ताव गर्ने जनाएका थिए । यस्तै, गत नोभेम्बरमै प्रस्ताव फिर्ता लिएको दक्षिण अफ्रिकाले पनि सन् २०३१ को विश्वकप आयोजनामा प्रस्ताव राख्ने बताएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्