site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रमुख सचेतकसित छलफल गर्दै सभामुख
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसित छलफल गर्ने भएका छन् । दलका प्रमुख सचेतकलाई उनले आज बेलुका ५ बजे सिंहदबारस्थित आफ्नो कार्यकक्षमा बोलाएका छन् ।

संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न सभामुख घिमिरेले सिंहदरबारमा बोलाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहकारीको बचत हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित राप्रपाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएका छन् । संसदीय समिति नबनाइए संसद् बैठक सञ्चालनमा अवरोध गर्ने उनीहरूको चेतावनी छ ।

संसद्को गतिरोध अन्त्यको प्रयासस्वरूप यसअघि सभामुखले प्रमुख दलका शीर्ष नेताहरूसित छलफल गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्