site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
व्यास नगरपालिकामा पुन: मतगणना गर्नुपर्ने रिटमा दाबी पुग्ने उच्च अदालतको फैसला

पोखरा । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा पुन: मतगणना गरिनुपर्ने भन्दै दिपकराज जोशीले दायर गरेको रिटमा दाबी पुग्ने फैसला गरेको छ ।

निर्वाचन भएको दुई वर्षपछि उच्च अदालतले जोशीको पक्षमा फैसला गरेको हो । उच्चका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले जोशीको रिटमा दाबी पुग्ने फैसला गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उमेदवारी दिएर पराजित भएका जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दायर गरेका थिए ।

कांग्रेसका वैकुण्ठनाथ न्यौपाने २५२ मतान्तरले विजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ पाउँदा जोशीले ११ हजार ८२६ मत पाएका थिए ।

अदालतको फैसलापछि बोल्दै जोशीले आदेशको विस्तृत जानकारी बुधबार पाइने बताए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्