site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले भन्यो– गृहमन्त्री जोगाउने संसदीय समिति मान्य छैन, सदन चल्दैन 
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सदनको अवरोध खुलाउन प्रयास नगरेको निष्कर्ष निकालेको छ । 

सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संंलग्नताबारे छानबिनका लागि सरकार तयार नभएको भन्दै कांग्रेसले संसद्को अवरोध जारी रहने बताएको हो । “हामीले हाम्रो माग बलियो रूपमा राखेका छौँ । सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नतासहित छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ,” नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बाह्रखरीसँग भने, “उहाँहरू गृहमन्त्रीको नाम नहुनेगरी संसदीय समिति गठनको प्रस्ताव गर्दै हुनुहुन्छ ।” 

उनले जो व्यक्तिमाथि छानबिन मागेको हो उसलाई जोगाउने गरी हुने छानबिनको अर्थ नहुने र कांग्रेसलाई स्वीकार्य पनि नहुने बताए । “सत्तापक्ष निर्लज्ज भएर प्रस्तुत भइरहेको छ, एउटा अमुक व्यक्तिलाई जोगाउने कुरा खुलेयाम भन्दैछ,” महतले भने, “कसैलाई जोगाउने कसैमाथि छानबिन गर्ने माग हाम्रो होइन ।”

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्