site stats
बाह्रखरी :: Baahrakhari
कला
निश्चलले गरे ‘फर्की फर्की’को तारिफ, भने– अनमोलको उत्कृष्ट पफर्मेन्स

काठमाडौं । निर्देशक निश्चल बस्नेतले चलचित्र ‘फर्की फर्की’को तारिफ गरेका छन् । यही बिहीबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र हेरेपछि निर्देशक बस्नेतले तारिफ गरेका हुन् । 

उनले अनमोल केसीको उत्कृष्ट पफर्मेन्स भनेका छन् । निर्देशक सुयोग गुरुङको कामको तारिफ गरेका निश्चलले नरेन्द्र मैनालीको सिनेमेटोग्राफीको पनि प्रशंसा गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“फर्की फर्की हेरियो, मजा आयो फिल्म हेरेर,” निश्चलले लेखेका छन्, “रमाइलो टाइम लुप हेर्न मन भए बुकिङ खुलिसक्यो है ।” 

निर्देशन कडा रहेको भन्दै उनले सिनेमाले पैसा कमाउने पूर्वानुमान गर्दै भनेका छन्, “रोहित अधिकारी बोरा छ नि पैसा राख्नलाई ?

‘फर्की फर्की’मा अनमोल केसी मुख्य भूमिकामा छन् । अनमोलसँगै जसिता गुरुङ, रभी काफ्ले, समृद्धि अर्यालको भूमिका छ । सुयोग गुरुङ निर्देशित चलचित्रको निर्माता रोहित अधिकारी हुन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । सिनेमाका सह–निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ । 

सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्