site stats
बाह्रखरी :: Baahrakhari
देश
'बदलाको भावनाले कुनै नागरिकविरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नु अनुचित'

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सत्ता र शक्तिमा पहुँचको आधारमा अपराधबाट उन्मुक्ति दिने प्रवृत्ति बढिरहेको बताउँदै चिन्ता व्यक्त गरेको छ । बिहीबार एक प्रेस विज्ञप्तिमार्फत  ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले स्वार्थको द्वन्द्व, रिसइबी तथा बदलाको भावनाले कुनै पनि नागरिकविरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नु पनि अनुचित रहेको बताएकी छन् ।

"भ्रष्टाचार, जालसाजी, सार्वजनिक सम्पत्ति र रकमको अपचलनलगायत गम्भीर आपराधिक मामिलाहरू राजनीतिक स्वार्थ र लेनदेनका आधारमा दबाउने, कारबाही नै प्रारम्भ नगर्ने, छानबिन नै हुन नदिने, मुद्दा नै नचलाउने, शक्तिको केन्द्रमा रहेका जिम्मेदार व्यक्तिहरूलाई छानबिनको घेराबाटै बाहिर राख्ने, चलिरहेको छानबिन नै रोक्ने, साथै अदालतले दोषी ठहर गरेकाहरूलाई समेत सजायबाट उन्मुक्ति दिने जस्ता घटना र प्रवृत्ति निरन्तर बढ्दै गएको देखिएकोमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल गहन चिन्ता व्यक्त गर्दछ," विज्ञप्तिमा भनिएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशमा कसैले कुनै पनि बहानामा कानुनी प्रक्रियाबाट उन्मुक्ति पाउन नहुने र सबै नागरिकले संविधान तथा कानुनले प्रत्याभूत गरेको संरक्षण पनि पाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

अन्यथा दण्डहीनताले प्रश्रय पाउनुका साथै कानुनी राजको उपहास हुने र सुशासन जरैदेखि कमजोर भएर मुलुक गम्भीर असहजतातर्फ उन्मुख हुनेतर्फ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले ध्यानाकर्षण गराएको छ

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्