site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालेनले आफ्नो अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छ : महेश बर्तौला
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का पछिल्लो अभिव्यक्तिले आफैँलाई गिज्याइरहेको टिप्पणी गरेका छन् । 

उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गरे । त्यसले उनको पदीय मर्यादालाई होचो बनाइरहेको प्रमुख सचेतक बर्तौलाको भनाइ थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा बालेनले दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने समेत बताए ।

बालेनले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानुनी शासनमाथि नै चुनौती दिने गरेको भन्दै आक्रोश व्यक्त गरे । राष्ट्रको हितमा उभिएका कुनै शक्ति र व्यक्तिमाथि त्यस्ता खालको गालीगलौजको भाषा प्रयोग नगर्न पनि मेयर शाहलाई सचेत गराए ।

"यो असाध्यै गलत ढंगलबाट विषयवस्तुहरू आयो । महानगरपालिकाका मेयरजीले जुन ढंगबाट असाध्यै तल्लोस्तरबाट टिप्पणीहरू जसरी गरिरहनु भएको छ । त्यो राम्रो होइन । उहाँ स्वयंले त्यो संस्थाको गरिमालाई गिज्याइरहनु भएको छ । मेयर जस्तो एउटा सम्मानित, मर्यादित पदलाई उहाँले गरेका टिप्पणीहरूले असाध्यै होचो बनाइरहेको छ । स्वयं उहाँले सोच्नुपर्छ । एउटा युवा धेरै जनताले आशा पनि गरेको अवस्था हो उहाँप्रति । त्यसकारण त्यो भरोसा र आशा जागेर उहाँ मेयरको त्यति महत्त्वपूर्ण गरिमामय जिम्मेवारीमा हुनुहुन्छ । तर उहाँले यो देशको नेतृत्वहरुप्रति, पूर्वप्रधानमन्त्रीप्रति जुन ढंगबाट सधैँ निम्छरो तरिकाले अशिष्ट, उदन्ड तरिकाका साथ जे प्रस्तुती गरिरहनु भएको छ । यो राम्रो छैन," उनले भने । 

प्रमुख सचेतक बर्तौलाले राज्यका विद्यमान कानुनी प्रबन्धहरूलाई कुनै पनि व्यक्तिले चुनौती दिन नमिल्ने पनि बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्