site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सामाजिक विकृतिविरुद्ध कलाकार एक हुनुपर्छ’ 

काठमाडौं । आदर्श समाज निर्माणका लागि कलाकार सामाजिक विकृतिविरुद्ध क्रियाशील हुनुपर्नेमा सिनेक्षेत्रका व्यक्तिहरूले जोड दिएका छन् ।

नेपाल चलचित्र कलाकार संघद्वारा मंगलबार आयोजित छलफलमा वक्ताहरूले सामाजिक रुपान्तरणमा कला र कलाकार सशक्त माध्यम भएकाले धूमपान, मद्यपानका साथै बहुविवाहलगायत सामाजिक विकृतिविरुद्ध उनीहरू खुलेर लाग्नुपर्नेमा जोड दिए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले सभ्य समाज निर्माणका लागि चेतना फैलाउने कलाकारहरू जातीय, धार्मिक वा अन्य असामाजिक कार्यलाई निरुत्साहित गर्न  क्रियाशील हुनुपर्ने बताए ।  

चलचित्र निर्देशक राजेन्द्र शलभले नेपालमा चलचित्रको विकास तथा प्रभावबारे जानकारी दिँदै राज्यको शान्ति सुरक्षामा आँच आउने चलचित्रमा अभिनय नगर्न सुझाव दिए ।  
  
कलाकार दिनेश डीसीले सामाजिक विकृतिविरुद्ध कलाक्षेत्रका सबै व्यक्ति लाग्नुपर्ने बताए । समाज रूपान्तरणका लागि योगदान गर्नु हरेक कलाकारको दायित्व भएको उनको भनाइ छ ।  

चलचित्र कलाकारितालाई मर्यादित बनाउन उद्देश्यले संघले चार बुँदे आचारसंहिता पनि जारी गरेको छ । रासस 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्