site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि हुन ३ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने (अपानिसहित) 
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले  महाधिवेशन प्रतिनिधि हुनका लागि कम्तिमा ३ वर्ष पार्टीमा काम गरेको हुनुपर्ने जनाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ (अपानी)मा पार्टी गठन हुनु अघिदेखिकै सदस्यतालाई मान्यता दिइने उल्लेख छ ।

“१०औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि पार्टीको संगठित पार्टी सदस्यता प्राप्त गरी कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्नेछ । संगठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत् पार्टीमा संगठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ,” अपानिमा भनिएको छ, “योग्यता नपुगेको व्यक्ति प्रतिनिधिमा छनोट भएमा प्रतिनिधि रद्द हुनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एकीकृत समाजवादीले २०७८ भदौ ९ गते दर्ताको प्रमाणपत्र पाएको हो । नेकपा (एमाले) बाट विभाजन भएको तीन वर्ष नपुग्दै आउँदो असार १६–२० गते पार्टीको महाधिवेशन गर्दै छ ।त्यसका लागि असार ५ गते एकसाथ प्रतिनिधि चुनिने अपानिमा उल्लेख छ ।

पार्टी केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू भने आयोजकको हैसियतमा प्रतिनिधि हुने अपानिमा उल्लेख गरिएको छ । यसअघि केन्द्रीय नेता पनि चुनिने निर्णय गरेको एकीकृत समाजवादी त्यसबाट पछि हटेको छ । भूगोलका संघीय निर्वाचन क्षेत्र र उपत्यका प्रदेश तथा सम्पर्क प्रदेशअन्तर्गतका जिल्ला कमिटीका कार्यक्षेत्रबाट १२५ संगठित पार्टी सदस्य बराबर एक प्रतिनिधिका दरले प्रतिनिधि छनोट गर्ने बुधबारको सचिवालय बैठकले निर्णय गरेको हो । 

प्रतिनिधि छनोटका लागि आचारसंहिता बनाइएको छ । जसमा प्यानलगत प्रतिस्पर्धा गर्न नपाइने जनाइएको छ । 

हेर्नोस् अपानि

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्