site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्मचारीको माग सम्बाेधन गर्न कानुनमन्त्री गिरी नेतृत्वको तीन सदस्य टोली गठन

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बाेधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी नेतृत्वकाे तीन सदस्य टोली गठन गरिएको छ । 

आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षसहित शीर्षस्थ नेताहरूको बैठकले आन्दोलनरत कर्मचारीको मागबारे सहजीकरण गर्न कानुनमन्त्री गिरीको नेतृत्वमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई जिम्मेवारी तोकेको सभामुखको सचिवालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुनमन्त्री गिरी सहभागी थिए । बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पाण्डेय पनि उपस्थित थिए । 

सभामुख घिमिरेले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका उनको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्